२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

रिलायबल नेपाल लाइफले बढायो आईपीओमा प्रिमियम मूल्य, अब प्रतिकित्ता कति तिर्नुपर्छ ?

७ असार, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओलाई निर्धारण गरेको प्रिमियम मूल्य बढाएको छ। प्रिमियम मूल्य बढाएर कम्पनीले पुनः आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो।

कम्पनीले यसअघि धितोपत्र बोर्डमा १०० अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्न अनुमति मागेको थियो। तर उक्त मूल्य बढाउँदै कम्पनीले प्रिमियम मूल्य १९९ कायम गरी इन्स्योरेन्सले सेबोनमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियम मूल्यमा १९९ रुपैयाँ थप गरी २९९ रुपैयाँ आईपीओ निष्कासनको गर्ने अनुमति मागेको हाे

धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ भने सेयर प्रत्याभूतिमा एलिट क्यापिटल रहेको छ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १७:२०