८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एक इन्स्योरेन्स कम्पनीको ८.५० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

७ असार, काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाेनस सेयर हितग्राही खातामा जम्मा गरिएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको बैशाख १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित ८.५० प्रतिशत बोनस सेयर बैशाख ७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । डिम्याट खाता अभौतिकीकरण नगराएका सेयरधनीहरुले छिटाे खाता अभौतिकीकरण गराउन कम्पनीले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ११:२५