५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बिहीबार पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

७ असार, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य घटेकाे छ । केही दिन देखि सुनकाे मूल्य घट्ने क्रम जारी रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १०:४५