२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अपि पावरले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायाे अनुमति

७ असार, काठमाडाैं । अपि पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीलाई चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको हाे।

कम्पनीले धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । याेसँगै अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले हकप्रद बिक्रीबाट उठेको रकम नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्नेछ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 10:27