५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा रहेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ०१ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०९:३५