८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

साफ च्याम्पियनसिप सुरुः सावित उपविजेता नेपाल आमन्त्रित कुवतेसँग भिड्दै

६ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल र कुवेत आमने सामने भएका हुन् ।

साफ च्याम्पियनसिपको साविक उपविजेता नेपाल आमन्त्रित मुलुक कुवेतसँग खेल्दै छ । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्धको मैत्रिपूर्ण खेलमा उत्रिएको टोलीलाई नै कुवेतविरुद्ध पनि उतारेका छन् ।

नेपाली टोलीको गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । यस्तै डिफेन्समा विमल पाण्डे, सनिश श्रेष्ठ तथाअनन्त तामाङ र रोहित चन्द छन् ।
मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट र लाकेन लिम्बुले रहेका छन् । यस्तै अग्रपंक्तिमा अञ्जन विष्ट,मनिष डाँगी र नवयुग श्रेष्ठ छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १६:१६