२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

दोहोरो अंकले घट्यो सेयर बजार, तीन अर्ब ४९ करोडको कारोबार

६ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल एक्सचेञ्ज (नेप्से) १४.०५अकंले घटेर २०५०.७८ बिन्दुमा बन्द भएको छ । आज २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ ।

यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह दुई सय ३९ दशमलव ५१, जीवन बीमा ११ दशमलव ९६, उत्पादन तथा प्रशोधन १५ दशमलव ०१ र व्यापार समूह दुइ दशमलव ३६ अङ्कले बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२ दशमलव ०५ अङ्कको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ नौ दशमलव ९९, वित्त २८ दशमलव ०४, जलविद्युत् ४१ दशमलव ८७, लगानी एक दशमलव २०, लघुवित्त ४० दशमलव ३८, म्युचुअल फन्ड शून्य दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ८३ र अन्य समूह सात दशमलव ३० अङ्कले घटेको छ ।

आज सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ । यस दिन ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज  शिवम् सिमेन्ट्सकाे सर्वाधिक खरिदबिक्रि भएकाे छ ।

प्रकाशित मिति : 15:25