२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

यी हुन् आज सर्वाधिक खरिदबिक्रि हुने कम्पनी

६ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल एक्सचेञ्ज (नेप्से) १४.०५अकंले घटेर २०५०.७८ बिन्दुमा बन्द भएको छ । आज २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ ।

आज  शिवम् सिमेन्ट्सकाे सर्वाधिक खरिदबिक्रि भएकाे छ । कम्पनीकाे यस दिन २१ करोड २८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्टलरी, आइएजीआई प्रुडेन्सियल, नागरिक लगानी कोष, नेपाल लाइफ , एनटीसी, निफ्रा, सूर्या ज्योति लाइफ, एभरेष्ट बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : 15:15