नुवाकोटका विभिन्न स्थानमा पाँच दिन विद्युत् अवरुद्ध हुने
७ कात्तिक, काठमाडाैँ । मङ्गलबारदेखि शुरु गर्न लागिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा पाँच दिन दिनभर विद्युत् कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार त्रिशूली–काठमाडौँ प्रसारणलाइनको विद्युतीय तार विस्तारका लागि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

वितरण शाखाले जारी गरेको सूचनाअनुसार देवीघाट जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको फिडर नं ३ अन्तर्गत पर्ने विदुर नगरपालिका वडा नं २ शेरादेखि चतुराले, मदानपुर, ककनी हुँदै ओखरपौवासम्मका एक हजारभन्दा बढी ग्राहकले उपभोग गर्ने विद्युत् सेवा पाँच दिन दैनिक नौ घण्टा बन्द हुनेछ ।
प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०९:५३












