एक लघुवित्तकाे एफपीओ हितग्राही खातामा जम्मा
५ असार, काठमाडौं । युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएकाे छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीले एक सूचना जारी गर्दै असार ३ गतेदेखि सेयर जम्मा गरिएको जानकारी दिएको छ । साथै, आफ्नो खातामा सेयर जम्मा भए नभएको पनि यकिन गर्न पनि अनुरोध गरेको छ ।
प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १७:१८












