६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

जिप दुर्घटनाः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहकी पत्नी र भाउजूकाे मृत्यु

५ असार, बझाङ । जिप दुर्घटनामा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको प्रहरीले जानकारी दियाे ।

घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले बताएकाे छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो २ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका–१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्‍याएका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १६:४८