भारी अंकको गिरावट आउँदा मंगलबार यी कम्पनीका भयाे सर्वाधिक काराेबार
५ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५६अकंले घटेर २०६४.८३ बिन्दुमा बन्द भएको छ । आज ४ अर्ब १० करोड १ लाख बढीकाे काराेबार भएकाे छ ।
आज निफ्राकाे सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको पनि १९ करोड बढीकाे सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टलरी, आईजीआई प्रुडेन्सियल, शिव श्री हाईड्रोपावर, नेपाल लाइफ, सिआईटी, सोल्टि होटल, नेपाल टेलिकम र सूर्या ज्योतिको सेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

प्रकाशित मिति : 15:11









