६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुदुरपश्चिमका गृहमन्त्री सिंह चढेको गाडी खोलामा खस्यो, मन्त्रीसहित चार घाइते

५ असार, काठमाडाैँ । सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री (गृहमन्त्री) चढेको गाडी खोलामा खसेको छ । मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर  जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।

सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी खसेको प्रत्यक्षदर्शीले बताएका छन । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना गम्भीर घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । मन्त्री र अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १५:०१