१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

कुरीलो प्रतिकेजी २५० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

५ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ३५रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ,रातो आलु ४३ रुपैयाँ,सेतो आलु ३३ रुपैयाँ, स्थानीय काउली ८०रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ४०,लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०,भटमासकोशा ९०,तितो करेला ४०,लौका ५०,परवल लोकल ५०,पाकेको फर्सी ४५,डल्लो फर्सी हरियो ३०, घिरौंला ४०,भिण्डी ६०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ८०,तोफु १००,लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग २० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ४०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउ फूजी २८०,आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल १००,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १०:०६