२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेपाल प्रहरीका १७ डीआईजीको सरुवा तथा पदस्थापन, महानगरीय प्रहरी प्रमुखमा शैलेश थापा

६ कात्तिक, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । पहिलो श्रेणीमा बढुवा भएका डिआईजी बिनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ भने एसएसपी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका डिआईजी शैलेश थापा क्षेत्रीलाई महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले ६ जना डिआईजीको सरुवा समेत गरेको छ । यसअघि महानगरीय प्रहरीको प्रमुख रहेका डिआईजी मनोज न्याैपाने प्रहरी प्रधान कार्यालयअन्तर्गतको प्रहरी निरीक्षणालयमा सरुवा भएका छन् । डिआईजी दिनेश आमात्य प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको प्रमुखका रुपमा सरुवा भएका छन् ।

यस्तै नारायणसिंह खड्काको प्रहरी प्रधान कार्यालय प्रबन्ध, कमलबहादुर जिटीको प्रधान कार्यालय विशेष ब्यूरो र पिताम्बर अधिकारीको प्रदेश ५ प्रहरी कार्यालयमा सरुवा भएको छ ।

यस्तै डीआईजीहरु विकास श्रेष्ठको साइबर ब्यूरो, ठाकुरप्रसाद ज्ञवालीको अख्तियार, पूर्णचन्द्र जोशीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारणीप्रसाद लम्सालको सुरक्षा सेवा निर्देशनालय, हरिबहादुर पालको प्रदेश २ प्रहरी कार्यालय,निरबहादुर शाहीको अपराध अनुसन्धान विभाग अआ ब्यूरो, प्रद्युम्न कार्कीको प्रशिक्षण प्रतिष्ठान, हरिभक्त प्रजापतिको महिला तथा बालवालिका सेवा निर्देशनालय र सूर्यप्रसाद उपाध्यायको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा पदस्थापन भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार २३:०८