२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा २४ लाख ७१ हजार कित्ता बोनस सेयर सूचिकृत

४ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्याेरेन्स कम्पनीको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८ सय ९४ दशमलव ४२ कित्ता सेयर  सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 16:21