२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जोखिम न्यूनीकरणको काम छाडेर गृहमन्त्रालय मोर्चा बनाउन व्यस्तः सांसद झा

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले गृह मन्त्रालय मोर्चा बनाउन व्यस्त भएको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद झाले जोखिम न्यूनीकरणको लागि सरकारको सहभागिता नभएको भन्दै कुनै पनि पक्ष तयारीमा नजुटेको बताए।

उनले भने ‘ मृत्यु भन्दा पनि ठूलो डर मरिन्छ की भन्ने हुन्छ । अहिले पहाडको केही मानिसहरुलाई त्यहि त्रासले मारिरहेको छ । केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर मरिरहेका हुन्छन् । हिजो ताप्लेजुङमा सुरेश नामक एक जनाको मृत्यु भयो । आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछन् । तर यसको लागि गृह मन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाईरहेका छैनौं । सायद उहाँ मोर्चा बनाउमा व्यस्त हुनुहुन्छ । अर्को हाम्रो प्रधानमन्त्री लगायत अरु जिम्मेवार व्यक्तिहरुको उपस्थितिर जानकारी के हुँदै छ हामी जनप्रतिनिधि हौं हामीले पनि जवाफ दिनु पर्नेछ । र हामीले प्रश्न सोध्ने कसलाई ?जवाफ कहाँ बाट अपेक्षा गर्ने ?हामी जवाफ चाहन्छौं ।
सांसद झा ले जनता कतिपय अवस्थामा उपचार नै नपाएर मृत्यु स्वीकार्न बाध्य हुने गरेको टिप्पणी पनि गरे।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १२:३०