६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता जारी

४ असार, बिराटनगर । कोशी प्रदेशको नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधर समूह र कोशी प्रेदश सरकारबीच वार्ता जारी छ ।

आज प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्ने प्रयोजनका साथ समिति बनाएपछि आज वार्ता भएको हो । घोषणा भएदेखि नै प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेको थियो ।

यही आग्रहसँगै विराटनगरस्थित बिग होटलमा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता जारी अहिले जारी छ । वार्तामा पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत सहभागी छन् । यस्तै प्रदेश सरकारको तर्फबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा छ्न । आन्दोलनका क्रममा पहिचान पक्षधर प्रदर्शनकारी पदम लिम्बू लागेहाङको गत चैत ५ गते विराटनगरमा भएको झडपमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार ११:५६