कञ्चनपुरको भिमदत्तनगरमै अर्की तीन वर्षीया बालिका बलात्कृत, अारोपी बालक प्रहरी खोरमा
६ कात्तिक, काठमाडाैँ । कञ्चनपुरमा फेरि तीन वर्षीया बालिका बलात्कृत भएकी छिन । निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले त्रसित कञ्चनपुरमा फेरि तीन बर्षिय बालिका बलात्कृत भएकी हुन । आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षीया एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ ।

ती बाालिकालार्इ सोही स्थानका १४ बर्षिय युवकले बलात्कार गरेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले जानकारी दिए । ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार ०६:०८












