६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

लोकसेवा आयोगको परीक्षा विधिहरु सुधार गर्न जरुरीः उपराष्ट्रपति यादव

१ असार,  काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले लोकसेवा आयोगले आफ्नो परीक्षा विधि समयअनुरुप सुधार गर्न जरुरी रहेको बताएका छन् ।शुक्रवार लोक सेवा आयोगको ७३ औं बार्षिकोत्सवमा उनले गलत नीति र प्रकृयालाई निरुत्साहित गर्न योग्ताका सबै तत्वहरु उत्थान हुने गरी आयोगले आफ्नो परीक्षा विधिहरु सुधार गर्न जरुरी रहेको बताएका हुन् ।

उनले भने,‘ औपचारिक भर्ना र छनोट समग्र प्रशासनको संयन्त्रको उजागर भएकोले गलत नीति र प्रकृयाले प्रशासनभित्र स्थायी खराबीहरु प्रवेश गर्न सकिने भएकोले आयोगले त्यसलाई निरुत्साहित गर्न योग्ताका सबै तत्वहरु उत्थान हुने गरी आफ्नो परीक्षा विधिहरु समयअनुरुप सुधार गर्न जरुरी छ ।’
उनले आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताहरुको भरोसाको केन्द्रको रुपमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १३:२२