भूमी व्यवस्थामन्त्री पद्मा अर्याललार्इ मातृ शोक, माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा निधन
५ कात्तिक, काठमाडाैँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललार्इ मातृ शोक परेको छ । अर्यालकी माता तारादेवी अर्यालको सोमबार साँझ निधन भएको हो ।

लामो समयदेखि छातीको इन्फेक्सनबाट पीडित तारादेवी अर्याललार्इ अाइतबारमात्र वीर अस्पतालबाट डिस्चार्ज गरी घर लगिएको थियो । तारदेवीको सोमबार साँझ स्यङ्जाको वालिङ नगरपालिका १४ थुमपोखरामा ५ः४५ बजे निधन भएको परिवारले जनाएको छ । तारादेवीको अन्त्येष्टि भोलि मंगलबार हुने परिवारले जनाएको छ । तारादेवीका चार छाेरा र चार छोरी रहेका छन । मन्त्री अर्याल तारदेवीकी साइली छोरी हुन । मताको निधनको खबर पाए लगत्तै मन्त्री अर्यालय काठमाडाैँबाट स्याङ्जा प्रस्थान गरेकी छिन ।
प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार २२:१५












