२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

आजदेखि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला, प्रतिकित्ता मूल्य कति ?

१ असार, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार १ गतेदेखि प्रिमियम मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।

इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर बिक्रीमा ल्याएको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा लगानिकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्।  आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ११:४४