मूल्य समायोजनपछि नेसनल हाइड्रोपावरको सेयरभाउ कति ?
१ असार, काठमाडाैं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीकाे ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिकित्ता एक सय ८२ रूपैयाँ ७ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य २ सय २३ रूपैयाँ १० पैसाकाे आधारमा मूल्य समायाेजन गरेकाे थियाे ।अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
नेसनल हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनार्थ आज असार १ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउने भएका छन्। कम्पनीले १:०.५ (अर्थात विद्यमान १० कित्ता साधारण सेयर बराबर नयाँ ५ कित्ता साधारण सेयर) को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ दरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
प्रकाशित मिति : 09:51









