प्रदीप पौडेलको प्रश्नः बजेटमा पुँजी लगानी नगरी गर्न सकिने सुधारको विषयहरु किन आएन ?
३२ जेठ, काठमाडौं । नेपाली काँग्रेस सांसद प्रदीप पौडेलले बजेट भित्र सुशासनको कार्यक्रमहरु नपर्नु प्रश्नयोग्य विषय भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा सांसद पौडेलले बजेटको लगानी मात्र नभइ समस्या सुशासनको समेत भएको बताए ।
उनले भने ‘ हाम्रो समस्या बजेट लगानीको मात्रै हैन । हाम्रो समस्या सुशासनको पनि हो । मन्त्री ज्यूँहरुलाई म आग्रह गर्न चाहन्छु । यो कार्यक्रम भित्र सुशासनको प्रावधानहरु किन आएन् ? पुँजी लगानी नगरी गर्न सकिने सुधारको विषयहरु किन आएन? यी कार्यक्रममा किन परेन् ? विकासका ठूला ठूला योजना भन्दा हामीलाई चाहिएको सुशासन हो । भ्रष्टचार अन्त्य गर्ने कुरामा जे जस्तो समस्याहरु छन् तिनीहरुलाई हल गराउन शुसासनको प्रत्याभूति गराउन सक्ने हो भने नेपालमा धेरै ठूलो उपलब्धि हुन सक्छ ।’
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १७:१२