५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राकाे विनिमय दर ?

३२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ४२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ। त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १०:०९