२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

हरियाली छाएकाे बजारमा यी हुन् बुधबार सर्वाधिक कारोबार हुने कम्पनी

३१ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अकंले बढेर २०३७ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिद बिक्रि भएको छ। यस दिन कम्पनीको २८ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको हाे । त्यस्तै,  हिमालयन डिष्टिलरी, नेपाल लाइफ, आईएमई प्रुडेन्सियल, एनटिसीको दोस्रो बजार सेयर खरिद बिक्रि भएको छ।

प्रकाशित मिति : 15:37