२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ, निर्दोस आतंकित हुनुपर्दैनः गृहमन्त्री श्रेष्ठ

३१ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले प्रहरीले यस प्रकरणमा निष्पक्ष छानबीन र अनुसन्धान गरीरहेको भन्दै निर्दोस आतंकित हुन नपर्ने बताए ।

उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिन र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । तर अहिले कोही निर्दोस डराउँनु पर्दैन जो दोषी छन्, अपराधकर्ताहरुलाई अब सरकारले छोड्दैन बा भन्ने पर्या छ भने ठिक हो । तर निर्दोस कोहि आतङकीत हुनुपर्दैन ।’

उनले सरकारको भ्रष्टाचारविरुद्धको अभियानले अरु भ्रष्टाचारमा संलग्न रहेकाहरु पनि म पनि पर्ने होकि भनेर डराउन थालेको दाबी गरे । सरकार लोकतन्त्रको पक्षमा दृढ रहेको उनको भनाई छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १४:३१