२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा ५ लाख ९४ हजार कित्ता बोनस सेयर सूचिकृत

३१ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ५ लाख ९४ हजार ४ सय ६३ दशमलव २८१६ कित्ता सेयर सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ  ।

प्रकाशित मिति : 12:17