२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

३० जेठ, काठमाडौं। इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । चार पटक प्रधानमन्त्री समेत बनेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ ।

उनको निधनमा इटलीमा बुधबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार नै मिलानक्याथेड्रलमा अन्त्यष्टि गरिने भएको छ । बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् ।

उनको निधनमा विश्वभरका विभिन्न नेताहरुले समवेदना प्रकट गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफुले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंन लगायतका विभिन्न देशका राष्ट्र प्रमुख तथा नेताहरुले उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको समेत सामना गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार ०९:३०