८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसीसी महिला टी–२०ः इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य

३० जेठ, काठमाडौं । हङकङमा जारी एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।पाकिस्तानका लागि शवालजुफिकले ३६ बलमा सर्वाधिक२८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुलफ रुजाले १८ बलमा ११ रन जोडिन् ।

कविता कुवँरले पहिलो ओभरमा नै इमन फतिमालाई शुन्य रनमा आउट गराएपछि नेपालले राम्रो लय समातेको थियो । नेपालका लागि ईन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कविता जोशी, कविता कुवँर र सीता राना मगरले समान २/२ विकेट लिए।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नामफिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार ०९:२५