२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपाली मौलिक संस्कृतिमाथि चुनौती थपिएको छः एमाले महासचिव पोखरेल

२९ जेठ,  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाज पछिल्लो समय सामाजिक अराजकताको अवस्थामा रहको भन्दै नेपालको मौलिक संस्कृतिमाथि चुनौती थपिएको बताएका छन् । सोमवार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको ‘मूलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा उनले नेपालमा मूल रुपमा तीन समस्या विद्यमान रहेको र त्यसमा पनि नेपाली, सांस्कृतिक मूल्यमाथिको विघटनको प्रकृया तीव्र रुपमा बढेको तथा मौलिकता माथि चुनौती थपिएको बताए ।

उनले भने ‘नेपाली समाजका आफ्नै साँस्कृतिक मूल्य र विशेषताहरु छन् । नेपालका साँक्कृतिक मूल्यहरुमाथिको विघटनको प्रकृया तीव्र रुपमा अगाडि बढेको छ । साँस्कृतिक अतिवाद र धर्मान्तरणको रुपमा नेपालको मौलिक सस्कृतिमाथि हमला र अतिक्रमण भैरहेको अवस्थाबाट हाम्रो मूलुक गुज्रिरहेको छ ।’ नपाली मौलिक संस्कृतिको रक्षाको सवाल चुनौतीको विषय बन्न पुगेको कुृरालाई जोड दिदै उनले साँस्कृतिक र धार्मिक अतिवादले नेपाली मौलिक सस्कृतिको रक्षा गर्न नसक्ने टिप्पणी समेत गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १५:५३