९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

२९ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सामान्य सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टी होटल लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । यस दिन १५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको १० करोड ११ लाख, शिव श्री हाइड्रोपावरको ९ करोड ५८ लाख, नागरिक लगानी कोषको ७ करोड १५ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १५:१५