५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राकाे विनिमय दर ?

२९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ १६ पैसा रहेको छ। त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०९:२४