हरियाली छाएकाे बजारमा यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
२८ जेठ, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अकंले बढेर १९८०.०९ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।
आज नागरिक लगानी कोषको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ११ करोड ३६ रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड ६२ लाख, शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख, नेपाल टेलिकमको ८ करोड ११ लाख र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १५:११












