९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

पुँजीबजारको नकरात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैनः पूर्वअर्थमन्त्री पौडेल

२८ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले पुँजीबजारको नकरात्मक परिदृश्यको जिम्मेवारी लिने कोही नभएको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पौडेलले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्र कस्तो अवस्था छ भन्ने कुरा पुँजी बजारको अवस्थामा प्रष्ट पारेको उनको भनाई छ । ‘अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको अवस्थाले पनि हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने बताएको छ’ पौडेलले भने ।

उनले भने, ‘विसं २०७७ भदौमा नेप्से परिसूचक ३२०० पुगेको थियो । दैनिक रु २० अर्बसम्म कारोबार हुन्थ्यो र बजारको पुँजीकरण कूल गार्हस्थ उत्पादको हाराहारी अर्थात रु ४५ खर्ब पुगेको थियो । तर अहिले नेप्से परिसूचक १९५० को वरीपरी झरेको छ । दैनिक कारोबार रु २ अर्बको हाराहारीमा झरेको छ र बजार पुँजीकरण २८ खर्बको हाराहारीमा खुम्चिएको छ । तर, पुँजीबजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन ।’

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १५:०२