५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

२६ जेठ, काठमाडौँ । तत्कालीन नेकपामा ओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोग सम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आफ्नो रिट दरपिठ भएपछि त्यसविरुद्ध सर्वोच्च पुगेका पूर्व बाल सैनिक लेनिन विष्टको मुद्दामा शुक्रबार न्यायाधीश डा.आनन्द मोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए ।

तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेका थिए । विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताले बाल सैनिक प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका छन् । रिटमा उनले हालका प्रधानमन्त्री समेत रहेका तत्कालिन माओवादी सुप्रिमो प्रचण्डसहितका शीर्ष नेतालाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १५:४६