५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्तावबारे निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै

२६ जेठ, काठमाडौं । निर्वाचन आयोग नेपालले आज सर्वदलीय बैठक बोलाएको छ । जिल्ला निर्वाचन कार्यालयल खारेज गर्ने सरकारी प्रस्तावबारे आयोगले विभिन्न दलसंग छलफल गर्न लागेको हो । बैठक बिहान साँढे एघार बजे निर्वाचन आयोगको कार्यालयमा बस्ने कार्यक्रम छ ।

जिल्ला निर्वाचन आयोगको खारेज गर्ने सरकारी प्रस्तावसंगै अन्य चार विषयमा छलफल गर्न आयोगले सर्वदलीय बैठक बोलाएको निर्वाचन आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले बताए । आयोगका सूचना अधिकारी अर्यालले बैठकमा जिल्ला निर्वाचन आयोग कार्यालय खारेजी प्रति सरकारलाई ध्यानाकर्षण गराउने, आयोजको एकीकृत निर्वाचन कानून निर्माण लगायतका पाँच वटा विषयमा छलफल गर्ने जानकारी दिए ।

उनले भने, ‘सर्वदलीय बैठकमा मुख्यगरी सरकारले जिल्ला निर्वाचन आयोग खारेजी गरेको विषयमा ध्यानाकर्षण गराउने, अन्तिम चरणमा पुगेको एकीकृत निर्वाचन कानून निर्माण बारे जानकारी गराउने,निर्वाचन आयोगको कार्यालयबाट नाम दर्ता हुँदै आएकोमा गाउँपालिका र नगरपालिकाबाट पनि नाम दर्ता गराउन सकिने गरि कार्य गर्न छलफल गर्ने लगायतको पाँचवटा विषयमा छलफल गर्ने तयारी छ ।’

सरकारले सार्वजनिक खर्च कटौटि गर्न गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा ७७ जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको इकाईको रूपमा राख्ने प्रस्ताव गरेको थियो । उक्त निर्णयले निर्वाचनको निष्पक्षतामा असर पर्ने भन्दै अर्थमन्त्रीको प्रस्तावमाथि प्रश्न उठेको मात्रै छैन् संसदमा सक्ता पक्ष र विपक्षी दलका सांसदले चर्को विरोध समेत जनाएका छन् । उक्त विषयमा सरकारले संविधान र कानूनी हिसाबले त्रुटिपूर्ण निर्णय गरेको बताउँदै आयोगले प्रस्ताव फिर्ता लिन सरकारलाई यसअघि नै आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ११:०१