९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

नेप्सेमा थप १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचिकृत

२३ जेठ, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे १५ प्रतिशत बोनस बापतको १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १५:४२