२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रधानमन्त्रीकाे भारत भ्रमणबारे ओलीको टिप्पणीः छोरी फर्स्ट लेडी हुँदैनन्, प्रोटोकल भद्रगोल भयाे

२२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा फितलो प्रदर्शन गरेको आरोप लगाएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा उनले मन्त्रीहरुलाई छेउमा नराखेर परिवारको सदस्यलाई पिए बनाएर राखेको भन्दै शीर ठडिने गरी गौरबपूर्ण ढंगले प्रस्तुत हुन नसकेको टिप्पणी गरे ।

उनले भने ‘भारत गएर फितलो प्रदर्शन गर्नुभयो नेपालको शीर ठडिने गरी गौरबपूर्ण ढङग्ले प्रधानमन्त्री प्रस्तुत हुन सक्नु भएन । नेपालको मर्यादा र तरिकाहरु पनि मिलेन परराष्ट्र मन्त्री कता थाहा छैन् । छोरीलाई छेउमा पिए राख्नुभएको छ । परराष्ट्र मन्त्री छैन् । परराष्ट्र सचिव छेउमा देखिदैन् । चिफ अफ प्रोटोकल छैन् । परिवारको सदस्य राख्नु भएको छ ।’ उनले छोरी फर्स्ट लेडी हुँदैनन् भन्दै भ्रमणमा नेपालको प्रोटोकल भद्रगोल भएको तर्क गरे ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १७:२३