२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आफ्नै भूमी समेटिएको भारतीय झण्डा अगाडि उभिएर हात हल्लाएकाे छैनः प्रधानमन्त्री प्रचण्ड

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले, भारतिय संसदमा गएर आफ्नै भूमि समेटिएको भारतिय झण्डा अगाडि उभिएर हात हल्लाए भन्नु आश्चर्यको कुरा भएको बताएका छन् ।

सांसद उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफू भारतीय संसद भवनमा पुग्दै नपुगेको कुरालाई अतिरन्जित गरिएको तर्क गरे । उनले भने ‘भारतीय नयाँ संसद भवनका राखिएको नक्साको बारेमा मोदीसंग हात हल्लायर फोटो खिच्ने भन्नुभयो । मलाई अचम्म लाग्यो म त्यो नयाँ संसद भवन अगाडी गएकै छैन् । मोदी म त्यहाँ पुगेकै छैनौं । देखेको पनि छैन् मैले त टिभीमा मात्र देखेको हो । त्यो पनि यहिँ नेपाल मै देखेको हो ।’

त्यस्तै उनले, आफूले भारतिय संसद भवनमा गएर हात हल्लाएर फोटो खिचेको भन्ने कुरा पूर्णत गलत भएको बताएका छन् । ‘अनि त्यहाँ गएर मोदीजी र मैले हात हल्लाएर फोटो खिचिएको भन्ने कुरा १०० प्रतिशत झुटो हो ।

यो विषयमा मैले भारतमा कुरा गरेन भन्ने पनि सत्य हैन् । मैले कुरा गरेँ । उहाँहरुको आफ्नो तर्क छ यो संस्कृतिक ऐतिहासिक छ भन्ने । यो विषयमा छलफल गर्दै जाउला जान सकिन्छ । मलाइए थाहा छ नेपालको स्वाधिनता ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १५:४८