दाेहाेराे अंकले घटेकाे बजारमा सोमबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
२२ जेठ, काठमाडौं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ ।
आज २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आइजिआई प्रुडेन्सियलको ९ करोड ९८ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ९ करोड १९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १५:२७












