मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, सरोकारवालासँग माग्यो सुझाव
२२ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको हो।
केन्द्रिय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव उपलब्ध गराउन आग्रह छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८० / ८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागकाे इमेल [email protected] मा असार १० भित्र उपलब्ध गराई दिन राष्ट्र बैंकले अनुरोध गरेको हो।
प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १५:३७












