२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

तमाम सांसद र प्रतिपक्षीलाई उल्लु बनाउँन नखोजे हुन्छः अध्यक्ष लिङदेन

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने नभएर प्रक्रियाको कुरा भएको बताएका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकमा उनले आफुहरुले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने भन्दा पनि प्रक्रियाको कुरा भएकाले तमाम सांसदहरु र प्रतिपक्षहरुलाई उल्लु बनाउँन नसक्ने बताएका हुन् ।

उनले भने‘हामीले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने होइन प्रक्रियाको कुरा हो यसमा तमाम सांसदहरुलाई प्रतिपक्षहरुलाई उल्लु बनाउँन पाईदैन् । ’

अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अखण्ड भारतमा लुम्बिनी कपिलवस्तु समावेश गरिएको विषयमा के कुरा भयो भन्दै प्रश्न गरेका छन् ।

उनले सोधेका छन् ‘नक्साको विषयमा प्रधानमन्त्रीको धारणा के हो ?जो अखण्ड भारतमा लुम्बिनी कपिलवस्तु समावेस गरियो के कुरा भयो र तपाईको धारणा के हो ?

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १३:४०