उच्च अंकले बढेकाे बजारमा यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
२१ जेठ, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेप्से परिसूचक आज ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा कायम हुन पुगेको छ ।
सेयर बजारमा आज एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १५ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ८ करोड १३ लाख, चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख, एनआइसी एशिया बैंकको ६ करोड २१ लाख र सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १५:११












