५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, महिला सदस्य ढुंगानाले लिइन सपथ

२१ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्यहरुले सपथ लिएका छन् । योसंगै आयोगले लामो सामयपछि पूर्णता पाएको छ । आइतबार सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको कार्यलयमा नवनियुक्त महिला सदस्यहरुले सपथ लिएका हुन् ।

राष्ट्रिष्य योजना आयोगका प्रवक्ता डा. रामकुमार फुयाललका अनुसार डा. अनिता शाह ढु्ंगानाले सपथ लिएकी हुन् । फुयालले भने ‘ पहिला महिला सेक्टरका कामहरु पनि अन्य सदस्यहरुले बाँडेर हेरेको अवस्था थियो, अब भने महिलाहरुको सेक्टर महिला सदस्यहरुले नै हेर्नुहुनेछ, आयोगले पूर्णता पाएपछि बजेट र योजनातर्फ सबैको ध्यान जानेछ, साउन १ गतेदेखि बजेट कार्यान्वयन तिर आयोग लाग्छ । ’

अन्य सदस्यहरुले यस अघि नै सपथ लिइसकेका छन् । योजना आयोगमा उपाध्यक्ष सहित ७ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १४:११