५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाइ हुँदै

२१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज(आइतवार) सुनुवाइ हुँदैछ ।

राष्ट्रपति पौडेलले गत १७ जेठमा गरेको विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्बोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

सोही रिटमा आज सुनुवाइ हुन लागेको हो । नयाँ संसदमा विधेयक नलगी सरकार र राष्ट्रपतिको कार्यालयले असंवैधानिक कार्य गरेको रिटमा दाबी गरिएको छ ।

विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार ०९:२६