५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सांसद सोविता गौतमले बिबाह गरिन

१९ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं काठमाडौँ क्षेत्र नम्बर २ की सांसद सोविता गौतमले बिबाह गरेकी छिन । सांसद गौतमले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग भक्तपुरमा सुटुक्क लगनगाँठो कसेकी हुन् । बिबाह लगत्तै उनी केही साताका लागि जापान उडेकी छिन । पारिवारिक स्रोतले सोविताको बिबाह पुष्टि गरे पनि उनी आफैँले भने सार्वजनिक रूपमा जानकारी दिएकी छैनन् ।

चितवन घर भएका गृहेन्द्र व्यवसायी हुन । २८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाडौं-२ बाट अत्याधिक मतले सांसदमा विजयी भएकी थिइन । प्रतिनिधिसभा बैठकमा दिएका अभिव्यक्तिहरूका कारण उनी पछिल्लो समय सबैको चासोको केन्द्रमा रहेकी थिइन । उनको तर्कशक्तिको धेरैले खुलेर प्रशंशा गर्दै आएका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार २०:३८