नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनी कारोबार सञ्चालनको अनुमति माग्दै नेप्सेमा दिए निवेदन
१९ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्स पाएका ७ वटा कम्पनीले कारोबार सञ्चालनको अनुमति माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएका छन्।
भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्डले कारोबार सञ्चालन गर्न नेप्सेमा सदस्यताका लागि निवेदन दिए
धितोपत्र बोर्डकाे जेठ ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका ७ कम्पनीलाई ब्रोकर कारोबार सञ्चालन गर्ने अनुमति प्रदान गरेको थियो ।
प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १३:३६












