५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

महाकालेश्वरको पूजाका लागि प्रधानमन्त्री भारतको उज्जैनमा, १०८ किलो रुद्राक्ष चढाउने

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरको दर्शन र विशेष पूजा गर्न प्रधानमन्त्री दाहाल उज्जैन पुगेका हुन् । महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले १ सय ८ किलो रुद्राक्ष चढाउने कार्यक्रम रहेको छ ।

यस अघि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको आर्थिक राजधानी इन्दौरमा उत्रिएका थिए । जहाँ उनलाई मुख्य मन्त्री शिवराज सिंह चौहानले परम्परागतरुपमा भव्य स्वागत गरेका थिए । इन्दौर विमानस्थलमा उनलाई स्वागत गर्ने क्रममा ठूलो संख्यामा नेपाली मुलका भारतीय नागरिकहरु पनि उपस्थित थिए । प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापन कार्यको पनि अवलोकन गरेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १३:१८