५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल र भारतको सीमा समस्या समाधान हुन्छः नरेन्द्र मोदी

१८ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने दृढता व्यक्त गरेका छन् । बुधवारबाट भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबादहाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरि रहने बताए ।

उनले भने ‘ नेपाल र भारतको सीमा समस्या समाधान हुन्छ, यसका लागि भारतीय पक्ष दृढ छ । ’ भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्याको समाधान कसरी र कहिले हुने भन्ने बारेमा भने केही बताएनन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:५९